सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सम्मेलन

काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याए । देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।

मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने बताए । उनले भने,‘देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’

सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे । सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आब्हान गरे । अर्थतन्त्रका आधार स्विकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक समेद्धिका आधार स्तम्भ भएको बताइन । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरुको सहभागीता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब राम प्रसाद थपलियाले देशकोerlich bademode fahrrad shop fernitz blow up two person kayak κρεβατια μονα με αποθηκευτικο χωρο και στρωμα pouf porta scarpe rasoio anti irritazione boss autoradio اساور مونت بلانك الاصليه lsu jersey bolsos vuitton fsu jersey adidas nmd girls marc jacobs handtassen outlet casio model calculator hp 5230 patrone Switzerland सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारीबिना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे । उनले युवाहरुलाई आफ्नो अधिकारका लागि सक्रिय हुन समेत सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताइन । सुब्बाले अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सक्रिय सहभागिता आवश्यक भएको बताइन । उनले सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन ।

सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गरे । राष्ट्रिय सहकारी महासंघ युवा समन्वय उपसमितिका संयोजक तथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारी उपयुक्त मोडल भएको बताए । सहकारीमार्फ धेरै युवाहरुले पुँजी संकलन गरेर व्यवसाय गर्न सक्ने भएपनि अहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको दुखेसो गरे ।

शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल रहेको छ । यसैगरी युवा उद्यमीहरुको अनुभव आदानप्रदान कार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए ।

One thought on “सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्न सम्मेलन

  • Нellо аll, guуsǃ I know, mу mеsѕage may be too sреcifіc,
    Вut mу sіѕtеr found niсe man hеre and they mаrrіеd, sо how about me?ǃ 🙂
    I аm 26 yеаrѕ old, Αnnа, from Romаnіa, I knоw Εngliѕh and Gеrmаn lаnguagеs alsо
    And… Ι havе ѕреcіfіс disеаѕe, nаmеd nуmрhomаnia. Whо knоw what іѕ this, саn undеrѕtаnd mе (bеtter to ѕаy іt immediаtely)
    Αh уеѕ, Ι сook vеrу taѕtуǃ and Ι lоve not оnly сооk ;))
    Ιm real girl, nоt рrostitutе, аnd lоoking for ѕeriоus and hоt relаtiоnѕhiр…
    Αnуwaу, уou саn find mу рrоfіlе hеre: http://libheubrisalal.tk/user/13049/

Leave a Reply to AnnaEl Cancel reply

Your email address will not be published. Required fields are marked *

nepalbestfinance