सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

1. मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि कुन स्थानमा छ??

--> यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं २६ स्थित सामाखुसी टाउनप्लानिङमा रहेको छ।।

2. मर्यादितले केकस्ता कार्यहरू गर्दछ?

-->यस सहकारीले निक्षेप संकलन र कर्जा उपलब्ध गर्नुका साथै विभिन्न खालका घरायसी प्रयोजनका सामानहरू विक्री वितरण गर्दै आईरहेको छ। त्यसबाहेक कृषिसँग सम्बन्धित खाद्य वस्तुहरुको उत्पादन कार्य गरी उत्पादकबाट सिधा उपभोक्तामा सो वस्तुहरु सुपथ मूल्यमा उपलब्ध गराउने सेवा प्रदान गरिरहेको छ।

3. मर्यादितको सदस्यता लिए पश्चात केकस्ता फाईदा/सेवाहरू प्राप्त गर्न सकिन्छ?

--> तपाईंले यस संस्थाको सदस्यता प्राप्त गरी निक्षेप संकलनबाट आकर्षक ब्याज, सुलभ दरमा आवश्यक परेको बखत कर्जा, संस्थाबाट सामान खरिद गर्दा सदस्यता छुट लगायतका अन्य विभिन्न सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ!

4. अन्य सहकारी भन्दा मर्यादित कुन कुराले फरक छ?

--> बढ्दै गरेको अनगिन्ती सहकारीहरुको भिडमा सहकारीका माध्यम बाटनै समुदाय र समुदायमा रहेका व्यक्तिहरुको आर्थिक, सामाजिक, संस्कृतिक तथा भौतिक कृयाकलापमा प्रत्यक्ष संलगनता सहित सो कार्यका लागि आवसेक पर्ने सम्पूर्ण आधारभूत कुराहरुको संकलन तथा वयवस्थापनको कार्य सहकारीका मध्येमबाट गर्न सकिने हुनाले अघि बढेको यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था दिनानुदिन बढ्दै गएको सदस्यहरूको संख्या र संस्था प्रतिको जनविश्वास बोकी सदस्यहरुले प्राप्त गरिरहेका असंख्य लाभका कारण अन्य संस्था भन्दा फरक पहिचान बोक्न सफल भएको छ !
nepalbestfinance