सहकारी र हालको समस्या
निति सिद्धान्त र मुल्य मान्यतामा विश्वास गर्ने हो भने सहकारी मात्रै यस्तो एउटा पवित्र व्यावसाय हो जसले आफ्ना सदस्यहरुको समानुपातिक विकास र पारस्परिक सहयोगमा ठुलो योगदान गर्ने गर्छ । सदस्यहरुकै नियन्त्रणमा सदस्यहरुकै लागि काम गरि सो व्यावसाय बाट आएको प्रतिफललाई समेत विभिन्न शिर्षकका माध्यम बाट सदस्यहरुमानै वितरण गर्ने गर्छ । मेरो विचारमा यो संसारको सबै भन्दा उत्कृष्ट व्यावसाय नै हो । सहकारि क्षेत्रमा लागेका व्यक्तिहरु एक अर्काको सहयोग तथा सदभावका लागि अब्बल पनि मान्न सकिन्छ । सताब्दिऔं देखी सहकारीका माध्यम बाटनै धेरै राम्रो विकास भएको उदारण त हामिले प्रशस्थ पाउछौं । देखेका छौं सुनेका छौं । विकसित देशहरुमा समेत सुरुवात देखीनै सहकारीलाई पवित्र व्यवसायको रुपमा संचालन गरेका कारण देश विकासमा यसले दिएको योगदान अतुलनिय देख्न पाइन्छ भने विकारको चरमउत्कर्षमा पुगेका देशहरुमा समेत निरन्त्रण यो व्यावसाय अझै दिगो र अझै बलियो अर्थिक खम्बाको रुपमा रहेको देख्दा सहकारी कर्मि जो कसैलाई पनि आफु सहकारी कर्मि हो भन्दा गर्व लाग्नु स्वभाविक हो । सायद यहि इतिहासका कारण पनि हाम्रो जस्तो विकासोन्मुख देशमा आर्थिक खम्बाको एउटा खम्बा सहकारीलाई संविधानतनै राख्नुले पनि सहकारीASU Jerseys vintage adidas womens sneakers une sneaker långa jeanskjolar миглопластика косъм по косъм ecco herrenschuhe braun workout spandex shorts batterie flachpol adapter workout spandex shorts best jordans ecco herrenschuhe braun κρεβατια μονα με αποθηκευτικο χωρο και στρωμα boss autoradio vanhunks kayak casio model calculator को गरिमालाई अझ उच्च गरेको छ ।
प्रजातान्त्रिक नियन्त्रण प्रणालि र सदस्यहरुको सकृय सहभागितामा नियन्त्रण रहने व्यवसाय भएकाले पनि सहकारी क्षेत्र एस्तो हुनुपर्छ कि अरु जुनसुकै क्षेत्रमा जस्तो सुकै समस्या आए पनि सहकारी क्षेत्रमा कुनै समस्या आउनुहुदैन । वाह्य प्रभावले सहकारीमा समस्या आउछ भने त्यो सहकारी व्यावसायनै होइन । आन्त्ररीक नियन्त्रण प्रणालि भएको व्यवसायमा कसरी वाह्य प्रभाव पर्न सक्छ ? तर पनि हाल सहकारीमा आएका विभिन्न समस्यहरुको कारण देशनै सहकारी क्षेत्रका कारण आर्थिक संकटमा जाने हो की भन्ने अवस्था आउनुले यस क्षेत्रमा लाग्ने व्यक्ति एवं यस संग जोडिएको सबैजनामा चिन्ता र चासो उठ्नु स्वभाविक हो ।
किन आउछ समस्य ?
कुनै पनि व्यवसाय संचालन हुन त्यसको एउटा बिधि विधान, प्रकृया एवं नियन्त्रण प्रणालि हुन्छ । सोहि कुराहरुको परिपालन बाटनै व्यवसाय संचालन हुन्छ भने सो व्यवसायको दिगोपन चाँहि निति, नियम, विधि र पद्धतिको परिपालन कुन रुपमा गरिएको छ सो मा भर पर्छ । हाल केहि सहकारीमा समस्या देखिएको कारण पनि तेहि नै हो । कि हामिले दोगो व्यावसाय भन्दा पनि अस्वभाविक बृद्धि र निति बिधिको प्रयोग नगर्नुले हो । व्यावसाय सहकारी तर संचालन प्रकृया हेर्दा कुनै प्राइभेट लिमिटेड जस्तो, एकै व्यक्ति निरन्तर एकै पदमा रहेर एकल निर्णयमा काम गर्ने, सहकारी ऐन र संस्थाको आफ्नै विनियमत तथा कार्यविधिहरुको परिपालन नगर्ने, राज्यको सो क्षेत्रका लागि कमजोर रहेको नियमको फाईदा उठाई व्यक्तिगत लाभ र सम्पतिका लागि जे पनि गर्न तयार रहेका कारणले नै आज सहकारीमा यति धेरै समस्या देखिई रहेका छन । संस्था संचालन गर्न चाहिने ऐन, विनियम एवं निति निर्देशिकाहरुको केहि प्रतिशत पनि पालन नगर्ने आफ्नो सोच र सोख अनुसार संस्था चलाउने, अनि त्यो कुराको प्रभाकारी नियमन हुदैन भन्ने थाहाँ पाएर त्यसको व्यक्तिगत फाईदा तिर लाग्नुनै सहकारी समस्याको प्रमुख कारण हुन सक्छ ।
कुनैपनि सहकारी संस्थामा वाह्य कारणले समस्या आउनुनै हुदैन । यदि आउछ भने त्यो सहकारी हुनै सक्दैन यो मेरो बुझाई हो । ल यदि केहि कारणले संस्थामा कुनै समस्या आइहाल्यो भने त्यो समस्या त संस्थाका सम्पूर्ण सदस्यहरुको हो नि न कि त्यसका संचालक वा व्यवस्थापक । संस्थाको एउटा संचालक सम्पर्क विहिन हुन्छ संस्थामा ताला लाग्छ, संस्थाको व्यवस्थापक हराउछ संस्थाको सम्पतिमा सिलबन्धि हुन्छ, संस्थाको कर्मचारीले रकम घोटला गर्छ सबै सदस्यहरुको बचत डुब्ने स्थिति आउछ भने हामि कुन मोडलमा सहकारी संचालन गरिरहेका छौ एक पटक मनन गर्नूपर्ने देखिन्छ । एक जना व्यक्तिलाई लगेर हामिले हाम्रो रकम राख्न दिएको हो र त्यो एक का करण हजारौ व्यक्तिका करोडौं अबौं रकम धारासाहि हुनलाई ? सहकारी नियन्त्रण गर्ने पहिलो दायित्व त संस्थाका सदस्यहरुको नै हो नि । एक व्यक्तिले सबै कुराको समस्या निकालि राख्दा आवद्ध अरु व्यक्तिले त्यसलाई किन नियन्त्रण गर्न नसकेको ? संस्थाको कार्यकारी पदमा रहेको कोहि एक व्यक्तिले गलत गर्हो भने अरु सरोकार वालाले त्यसको समाधान किन गर्न नसकेको ? यो सबै सहकारी शिक्षा एवं छिटै धनि बन्नु पर्छ भन्ने हामि सबैको सोचको कारणले हो । संस्थाका संचालक लाई छिटो धनि हुनु छ निति भन्दा बाहिर गएर लगानि गर्छ । सदस्यहरुलाई पनि पैशा जम्मा गरेकै भरमा धनि बन्नु छ बढि व्याजको लोभमा रकम जम्मा गर्छ । अनि यो गलत सोच र प्रकृयाका कारण सिमित व्यक्तिले लाभ लिन्छ, ठुलो मासले त्यसको क्षति व्यहोनु परिरहेको छ ।
ल त्यो पनि भयो कहि कतै प्रकृया नपुगेर, भई त सक्यो । समाधान त हरेक समस्याका हुन्छन । कोहि एक या दुई जनाको कारणले हजारौले समस्या भोग्नु भएन नि । एक जना वा दुई जना सम्बन्धित व्यक्तिहरु भाग्यो, वा गलत गर्यो भन्दैमा व्यवसायनै बन्द हुनु हुन्छ त ? कसैलाई राज्यले कार्वाहि गर्ला कसैलाई कहि न कहि बाट नियन्त्रणमा लिन सकिएला, कसैको समस्या पहिचान गरि सोको निवारणमा सामुहिक रुपमा लाग्न सकिएला तर व्यवसाय त बन्द गर्न भएन नि ।
सर्व प्रथम त कुनै संस्थामा समस्या आउन खोज्यो वा समस्या आउने जस्तो देखीयो भने सदस्यहरु अलि बढि सकृय हुनु पर्दछ । तत्काल आफ्नो बचत सुरक्षित गर्ने आधारमात्र खोज्नु भन्दा पनि समस्याको जड के हो भन्ने तर्फ सोच्नु पर्दछ । अनि त्यसको नियन्त्रणको कदम अगाडि बढाउनु पर्दछ । कुनै एक व्यक्तिले गलत गरेको पाइएमा उसलाई नियन्त्रण गर्न सक्नु पर्दछ । व्यवस्थापन बाट समस्या पर्दै छ भने त त्यसलाई संचालक समितिले तुरुन्तै नियन्त्रण गर्न सकिहाल्छ त्यसमा समस्या भएन तर संचालक समितिमा समस्या हो भने पनि अरु सदस्यहरुले तत्काल संचालक समिलिताई नियन्त्रण गर्न सक्नु पर्दछ । प्राविधिक एवं व्यवस्थापकिय मात्र समस्या हो भने त्यसलाई नेत्रित्व परिवर्तनमा जान सकियो । नितिगत एवं नियतबस गरिएको घोटला हो भने संचालक तथा परिवारको सम्पतिको नियामक निकाय बाट रोक्का गर्न लगाई निरन्तर संस्था संचालनका लागि भुमिका खेल्न सक्नु पर्दछ ।
सहकारीहरुमा समस्या आई रहदाँ सबै भन्दा ठुलो मार भनेको स साना व्यवसायि एवं सोझा जनमानसमा पर्ने रहेछ । टाठो बाठो व्यक्तिहरुले संस्थामा पैशा राखे पनि सो बाराबरको रकम अझ सके सम्म बढि रकमनै उपभोग गरेर सुरक्षित हुन्छन तर साना व्यापारीहरु लाई लगानि गर्ने उपयुक्त स्थान र पर्याप्त पुजिँ नहुदा आफुसंग भएको थोरै रकम बचत गरेर त्यसको व्याज बाट व्यवहार चलाउ भन्ने हरुनै समस्यामा पर्दछन । त्यसैले त्यस्ता सम्पूर्ण व्यक्तिहरुको सुरक्षा, व्यवसाय प्रतिको विश्वसनियता, एवं दिगो संस्था बनाई रहनको लागि व्यवसाय निरन्तरताको जुनसुकै उपाय अपनाउन पनि पछि पर्नु हुदैन । नियमक निकायले कुनै पनि संस्थामा समस्या देखेमा वा थाहाँ पाएका त्ययका अन्य सदस्यहलाई व्यवसाय निरन्तरको लागि आह्वान गर्ने सहजिकरण गर्ने जस्ता कार्यहरु गर्नु पर्दछ ।
कुनै व्यक्तिले संस्थाको रकम अपचलन गर्छ वा भनौ नियम भन्दा बाहिर गएर कार्य सम्पदन गर्छ भने फेरी सोहि व्यक्तिले समस्याको समाधान कसरी दिन सक्छ ? त्यो त दुधको सुरक्षा गर्न बिरालो लाई राखेको जस्तो पो हुन्छ त । एक पटक नियतबस गलत गरि सकेको व्यक्तिले अर्को दश पटक पनि गल्ति गरिरहन्छ । अन्जानमा गल्ति भएको भए पो सुधार गर्छ त । जान जानमा योजनाका साथ गरिएको गल्तिलाई नियन्त्रण गर्नु नियामक निकाय बाहेक अरु कसैले पनि गर्न सक्दैन । योजनाका साथ सहकारी व्यवसायलाई धारासायी बनाएका व्यक्तिहरु गर्व का साथ भनिरहेका हुन्छन म सम्पति बेचेर बचत फिर्ता गर्छु रे , कस्को सम्पति ? संस्थाको कि व्यक्तिको ? संस्थाको सम्पति हो भने उ एक जनाले भनेर सम्पति बेच्न सकिन्छ ? अनि व्यक्तिको भए त पाइयो । तर सहकारीमा मात्र लागेको व्यक्तिले सदस्यको अर्बौ रकम फिर्ता गर्न सक्ने सम्पति कहाँ बाट कमायो ? उ एक जनाको सम्पतिले सबै सदस्यहरुको अर्बौ रकम फिर्ता होला त ? बढो अचम्म को कुरो छ ।
पहिले त हामि सबैजनाले सोच्नुपर्ने कुरा हामि कहाँ चुकिरहेका छौं ? किन पटक पटक एकै प्रकृतिका समस्यहरु दोहोरी रहेका छन ? र यसको दिर्घकालिन समाधान के होला ? समिक्षा गह्रौ, ढिला भएको हुन सक्छ तर सबै कुरा विग्रिएको छैन । सबै जनाले आफ्नो दायित्व बुझेर जिम्मेवार भएर मर्यादित तरिकाले काम गर्ने हो भने सहकारीको साख लाई जोगाइरहन सकिने छ । भने बास्तविक सहकारुीको मर्म एवं भावनालाई पनि कायम राख्न सकिने छ ।
Great article …..