सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

निर्देशक बोर्डबाट सन्देश ( Message From BOD)

सहकारी संस्थाको सुरुवात जब भयो त्यतिबेला सच्चिनै मानिसहरुले सामुहिक एकता र सहकार्यको अनुभव गर्न पाएको थियो। एकजनाको समस्या सामुहिक रुपमा समाधान गर्ने र एकलाई पर्दा अर्कोले सहयोग गर्ने भावना अनुरुप सहकारी संस्थाले सुरुवाति दिन देखिनै गरिब, पिछडिएका बर्ग, निम्न आय भएका, मजदुर, लगायतका व्यक्तिहरुलाई जिविकोपार्जनका लागि सहज र सरल बनाउदै आएको पाइन्छ। नेपालमा पनि विगत ६ दशक भन्दा अघि देखी सुवात भएको सहकारी आज देशैभरी करीब ३१ हजार सहकारीहरुमा करीब ७० लाख भन्दा बढि मानिसहरुको सहभागिता सहित संस्चालित रहेको छ । सुरुवाति दिनमा सहकारीले साना साना पुजिँहरु संकलन गरी एक अर्काको गर्जो टार्दै आएको भएता पनि अहिले सहकारीले विभिन्न क्षेत्र र फरक फरक प्रकृतिका व्यवसायहरु समेत गर्दै सेवा, उत्पादन र रोजगारीको क्षेत्रमा समेत ठुलो योगदान पुर्याउदै आएको छ । पछिल्लो समयमा अत्याधिक सहकारीहरु नितान्त बचत तथा ऋणको कार्यमा मात्र जोड दिएको र अनुत्पादक क्षेत्रमा समेत लगानि बढ्दै गएको हुनाले केहि सहकारीमा विकृति पनि नदेखीएकोभने होइन । तर केहि नराम्रो हुदैमा सम्पूर्ण सहकारी क्षेत्रले नराम्रो गरेका भने अवश्य होइन । यहि भिडमा सहकारी संस्थाले वित्तिय कारोवार मात्र होइन सहकारीको सिद्धान्त, मुल्य, मान्यताको आधारमा मानिसहरुको दैनिक आवश्यकता संग जोडिएर खोज अनुसन्धान, उत्पादन, प्रसोधन एवं ब्राण्डिगं, बजारीकरण सहित सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरुलाई एकैसाथ संचालन गर्ने र मानिस संग भएको सिप क्षमता र दक्षतालाई समेत नगदमा रुपान्त्ररण गर्नका लागि सहयोग गर्दै उध्यमसिलतामा जोड दिने ध्येय सहित यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि. संचालित रहेको छ । एकका लागि सबै र सबैका लागि एक को सिद्धान्तलाई व्यावहारीकतामा उतार्दै समग्र समुदायलाई मर्यादित सहकारी समाज निर्माणको यो महान अभियानमा हामि सम्पूर्ण व्यक्तित्वहरुलाई हातेमालोको हामि हार्दिक आह्वान गर्दछौं ।

हामि किन फरक ? ( Why are we different? )

सहकारी भन्ने वित्तिकै मानिसहरुको बुझाइमा यो एउटा वित्तिय कारोवार गर्ने कम्पनि हो । सानो आकारको बैक होअथवा फाइन्यन्स कम्पनि हो भन्ने रहेको छ । तर सहकारीको परिभाषा वित्तिय कारोवारमा मात्र सिमित हुनुहुदैन । सहकारीको माध्यम बाट गर्न सकिने अन्य धेरै कार्यहरु छन । शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक तथा संस्कृतिक कृयाकलाप, व्यावहार, सामाजिक सहयोग, लगायतका समाजका लागि आवस्यक एवं अत्यावस्यक कार्यका लागि सहकारीको माध्यम बाट बृहत्तर गर्न सकिन्छ भन्नेअभिप्रायले यस संस्थाले व्यावसायीक विकास समुहको निर्माण गरी सो को नेतृत्वमा विभिन्न ५ वटा विधामा छुट्टा छुट्टै टिमहरुको निर्माण गरि अध्यायन अनुसन्धान तथा विकास गर्न बिज्ञ सहितको समुहले तयार पारेको प्रतिवेदनको आधारमा उत्पादन, प्याकेजिगं, ब्राण्डिगं, बजारीकरण, गरी उपभोक्तामा पुर्याउने र समाजमा हामिले गर्न सकिने सामाजिक उत्तरदायित्वको कार्यहरु गर्न यस संस्थाले सुरुवात देखीनै काम गरीरहेको हुनाले यो संस्था सुरुवात देखीनैसहकारीताको अभ्यासमा रहेको छ ।

nepalbestfinance