सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)
सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)
समग्र देशको सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्त्ररणका लागि सहकारीको भुमिका एकदमै महत्वपूर्ण रहेको छ । सहकारीका माध्यम बाटनै समुदाय र समुदायमा रहेका व्यक्तिहरुको आर्थिक सामाजिक, सांस्कृतिक तथा भौतिक कृयाकलापमा प्रत्यक्ष संलग्नता सहित सो कार्यका लागि आवश्यक पर्ने सम्पूर्ण आधारभुत कुराहरुको संकलन तथा व्यवस्थापनको कार्य सहकारीका माध्यमबाट गर्न सकिने हुनाले सहकारी एउटा विकासको आधारनै मान्न सकिन्छ । तेति मात्र नभई संविधानमानै आर्थिक खम्बाको एउटा पाटो सहकारीलाई मानिसकेको अवस्थामा सहकारीले दिगो विकासका लागि गर्न सक्ने धेरै कार्यहरु रहेका छन । यसै कुराहलाई मध्यनजर गर्दै विभिन्न पेशा व्यवसाय गरि आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरि सकेका समाजका लागि केहि योगदान सहित सामाजिक रुपान्त्ररणको एक संवाहक बन्ने हेतुका साथ जम्मा ३० जना व्यक्तिहरु मिलेर विधिवत रुपमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मति प्रदेश, मकवानपुर, हेटौडामा मिति २०७८।०४।२९ गते शुक्रवारका दिन यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको हो । सहकारीहरुको भिडमा आफुलाई सहकारीको सिद्धान्त, मुल्य, मान्यता तथा निति नियमहरुको अधिनमा रहि सदस्यहलाई प्रत्यक्ष रुपमा उत्पादन, प्रशोधन, बजारीकरण तथा उपभोग सम्मको प्रकृया संस्थाको माध्यमबाट गरि अरुभन्दा फरक, अब्वल, एवं अग्रणि संस्थाको रुपमा स्थापित गराउनु यस संस्थाको प्रमुख कार्य रहने छ । सम्पूर्ण सदस्यहरुलाई आवस्यक सेवा एकै छानामुनि उपलब्ध गराउन संस्थाले आफ्नो भुमिका खेल्नेछ ।
सदस्यहरुको आर्थिक, सामाजिक र व्यावसायिक बिकास
गर्न समयानुकुल प्रविधियुक्त वित्तिय तथा गैर बित्तिय सेवाहरु
प्रदान गर्ने । सदस्यहरुको शिप, क्षमता, दक्षताको पहिचान,
प्रवद्धन गरि स्वरोजगारी श्रृजना गर्ने ।सदस्यहरुको बौद्धिक
क्षमतालाई अबकज खबगिभ मा रुपान्त्ररण गरी उत्पादन मुलक
कार्य गर्न सहकार्य गर्ने ।
बत्तीय साक्षरता सहितको सम्बृद्द, सुखि एवं खुशी सदस्य भएको
मर्यादित सहकारी समाज निर्माण गने ।
यस मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि. लाई निति,
विधि तथा प्रविधिहरुको प्रयोग चुस्त दुरुस्त र पारदर्शि तरिका
बाट संचालन गर्न संस्थामा अनुभवि तथा योग्य व्यवस्थापन
समुह रहेको छ । संस्थाको आर्थिक लेखा जोखा तथा हिसाव
कितावका लागि Core banking system infinity को
प्रयोग गरि right time कारोवार गर्ने व्यवस्था संस्थाले
मिलाएको छ । संस्थाको प्रत्येक कारोवार तथा सेवाहरुलाई
बिद्युतिय एवं प्रविधिको माध्यमबाट छिटो, छरितो र भरपर्दो
बनाउन व्यवस्थापनले महत्वपूर्ण भुमिका खेल्नेृ छ ।
संस्थाको कार्यक्रम तथा योजना अनुरुप आवस्यक पर्ने शेयर
यस संस्थाको सदस्य तथा यस संस्थाको कार्यक्षेत्र भित्र बसो
वास गर्ने सम्भावित सदस्यहबाट संकलन गरि सहकारी
व्यवसाय संचालन गरिने छ । संस्थामा लगानि गरिएका
शेयर बापतको वोनस रकम संस्थाको नियमानुसार प्राप्त गर्न
सक्नेछन भने कुनै बहुउद्देश्यीय प्रकृतिका व्यावसाय संचालन
गरि सो मा व्यक्तिगत रुपमा सदस्यहरुले लगानि गरेको
रकमको सो व्यावसायबाट प्राप्त नाफाको आधारमा रकम
वोनस रकम प्राप्त गर्न सक्नेछन ।
Copyright. All rights reserved @ Maryadit Multipurpose cooperative Ltd