बर्तमान सहकारी, दिर्घकालिन व्यावसाय
भनिन्छ सहकारीले प्रत्येक सदस्यको घरमा चुलो बलेको छ कि छैन थाहाँ पाउनु पर्दछ । सदस्यहरु संझम र सम्बृद हुदै जादाँ संस्था पनि दिगो र बलियो हुने हो । सम्पूर्ण सदस्यहरुको विधि व्यावहार एवं रहनसहनमा संस्थाको चासो हुनुपर्ने हो । सहकारीका लालि प्रत्येक सदस्य उत्तिकै महत्वपूर्ण हुन्छ भने सदस्यहरुका लागि पनि एक जनालाई समस्या पर्दा संस्थाको अन्य सबै सदस्यहरुले सहयोग गर्दछन भन्ने भान पार्न सक्नुपर्दछ । अनि मात्र एकका लागि सबै र सबैका लागि एकको भनाई चरितार्थ हुन सक्दछ । विशेष गरि समान आवस्यकता, रहनसहन, भाषा संस्कृति, एवं समान उद्देश्य प्राप्तिका लागि समुदायमा सहकारी संस्था स्थापना हुने हो । सबै सदस्यहको अपनत्वले मात्र सहकारी दिगो, बलियो र व्यवस्थित हुन सक्दछ । अनि दिगो सहकारीले मात्र सदस्यहरुको उद्येश्य प्राप्तिका लागि कार्य गरी सहकारीको मर्म अनुसारको कार्य गर्न सक्दछ ।
हाम्रो देश नेपाल विकासोन्मुको बाटोमा छ । यहाँ कत्तिपय कुराहरुको नितिगत रुपमानै अभाव छ भने कतिपय कुराहरुलाई व्यवहारीक बनाउन सकिएको छैन । यो सहकारी क्षेत्रको मात्र समस्या नभई सबैतिरको समस्या हो । त्यसैले त धमिलो पानिमा माछा मार्ने भनेको जस्तो केहि खराव सोच र व्यावहार भएका व्यक्तिहरुले आफ्नो प्राप्त अख्तियारको दुरुपयोग गरी अस्वभाविक र दण्डनिय कृयाकलापहरु गर्दै आएको पाइन्छ । त्यसै गरी सहकारी क्षेत्रको पनि समस्य तेस्तै नै हो । देश भनि ३० हजार भन्दा बढि सहकारी छन ति मध्ये केहि सिमित सहकारीहरुको समस्याका कारण समग्र सहकारी क्षेत्रमा एकमुष्ठ असर पर्न गइरहेको पाइन्छ । सहकारीको सिद्धान्त, मुल्य, मान्यतालाई हेर्ने हो भने सहकारीमा गरिने आर्थिक सहभागिता एउटा पाटो मात्र हो । त्यसको अलावा सहकारीले गर्ने अन्य कार्यहरुको हिष्सा ठुलो हुनुपर्ने हो । तर यहाँ सहकारीलाई मापन गर्ने र हेर्ने दृष्टिकोण सो संस्थाले गरेको नितान्त आर्थिक कृयाकलापहरु मात्र भएकाले पनि अहिले आर्थिक संकट आइरहदाँ सहकारी क्षेत्रमा पनि समस्या देखिन पुगेको देखिन्छ ।
बास्तविक सहकारीको गुणस्तर साईज मापन गर्दा संस्थाको स्वपूजिँ र सदस्यहरुको सकृयताको आधारमा गर्न सकियो र सदस्यहरुले पनि संस्थालाई पहिचान गर्दा त्यस्ता विषयहरुलाई ध्यान दिन सकियो भने दिगो सहकारीको अवधारणलाई साकार बनाउन सकिन्छ । अहिले अधिकाशं समस्यामा परेका सहकारीहरुको पनि एउटै साझा समस्या भनेको संस्थाको स्वपूजिँ कम तर कारोवार अत्याधिक हुनु हो । साथै उद्येश्य र मर्म अनुरुपको कार्य सम्पादन गर्न नसक्नु पनि ।
सहकारी संस्थाहरु मध्ये आफु अब्बल देखीने या भनौं सबैको विश्वासनिय बन्ने होडबाजिमा एउटा जो दिख्ता हे ओ बिक्ताहे, भन्ने हिन्दी भनाई जस्तो तरिकाले कार्यक्षेत्र ठुलो बनाउने, धेरै सेवाकेन्द्रहरु खोल्ने भित्रि गुदि भन्दा पनि बाहिरी बोक्रालाई मात्र राम्रो बनाउन खोज्नु पनि समस्याको अर्को कारण हुन सक्दछ ।
अहिले तत्कालिन अवस्थालाई हेर्ने हो भने तरलताको उच्चमार खेपिरहेका संस्थाहरुको नकमाउने सम्पतिमा धेरै लगानि mi box s update stetson straw cowboy hats bauchtasche eastpak t shirt gr 98 hypervenom nike acc fahrrad shop fernitz hq8716 Italy rochie plaja tricotata cu gauri bej boss autoradio marc jacobs handtassen outlet amazon goldkette 24 karat herren marc jacobs handtassen outlet manico basso 5 corde amazon westerm kalap rosenthal landscape कार्यलय निर्माण गर्दा कुनै बहुराष्टिय कम्पनिहरुको कार्यलय जस्तो, संस्थामा कार्य सम्पादन गर्ने व्यक्तिको बसाई रहनसहन एवं कृयाकलाप कुनै राज्यको उच्च पदस्थ व्यक्तिहरुको जस्तो कार्यलय एवं कार्यकक्ष कुनै सुरक्षा खतरा भएर उच्च सतर्कताका साथ बस्नु पर्ने जस्तो देखिनुले पनि स्थिर र नकमाउने सम्पतिमा लागानि भई तरलता कम भएको पाइन्छ ।
सहकारी संस्थाको मालिक भनेको त्यो संस्थाको सम्पूर्ण सदस्य हो । यो हामि सबैलाई थाहाँ भएको नै कुरा हो तर यहा संस्थाका काम गर्ने व्यवस्थापनमा बस्ने कर्मचारी एवं संचालक समितिका व्यक्ति चाहिँ मालिक र सदस्यहरु चाहीँ सो को ग्राहक जस्तो अनुभुती हुनुले पनि सम्पूर्ण सदस्यहरुमा संस्थाप्रति हुनुपर्ने मायाँ कम भएको हो । सहकारी संस्था त सबैको समान हो र आवस्यकता अनुसार संस्था संचालनका लागि सदस्यहरु मध्ये जो कोहि पनि संचालक बन्न सक्ने र व्यवस्थापनका लागि दक्ष र सक्षम व्यक्तिलाई राख्न सकिने आधार भुल्दै जानु पनि संस्थामा समस्या निम्तनु हो । हामी सहकारी कर्मी लाई पनि सदस्यहरुको नमस्कार चाहिने अनि सदस्यहरुलाई पनि या त भनेको समयमा कर्जा चाहियो, या त आफ्नो बचतमा उच्चतम ब्याज चाहियो यत्तिमात्र सम्बन्धको लागि काम हुदै गर्दा सदस्य र संस्थाको दुरी कायम भई सदस्यहरुलाई आफ्नो हैसियत र जिम्मेवारीको बोधनै हुन सकेन ।
देश भरी हेर्ने हो भने अहिले ३० हजार भन्दा बढी सहकारीहरु संचालनमा रहेको पाइन्छ । ति मध्ये अहिलेको साच्चिनै तललताको उच्चतम मार खेपरिहेका सहकारी संख्यात्मक हिसाबले एकदम कमनै छन । तर पनि हल्ला ठुलो हुनुमा देखाउनका लागी ठुला कारोवार गरेका संस्थाहरुमा समस्या देखीएकाले त्यसको प्रभाव समस्या नभएका एवं समस्या नपर्ने संस्थाहरुमा पनि आएका हुन । सायदै हामिले सम्पूर्ण सदस्यहरुलाई मालिकको रुपमा राख्न सकिएको भए तेस्तो कुनै समस्या आउनेनै थिएन । अनि हामि संस्था संचालन गर्ने जिम्मेवारी पाएका व्यक्ति शासक वा मालिक हो भन्ने जस्तो व्यवहार हुनुले सदस्यहरुले पनि सुनिरहेको उखान ताक परे तिवारी नत्र गोतामे (कुनै व्यक्ति विशेष एवं जाति विशेष होइन) जस्तो गरका त होइनन । संस्थामा समस्या आउदाँ सम्पूर्ण सदस्यहरुको आफ्नै सम्पति या भनौ आफ्नै घरमा समस्या आएको हो भन्ने भान पार्न सकियो भने त तिनै सदस्यहरु संस्था संरक्षण गर्न लाग्न सक्छन नि ।
सहकारी संस्थामा आउनसक्ने समस्या र समस्या आइरहनुको कारणको बिषयमा त अहिले हामी सबै जना धेरै जानकार भई सकेका छौं । संस्था संचालन सुरुवात देखीनै सुसासन कायम नहुनु, वित्तिय पारर्शिता नहुनु, निति विधिलाई अवलम्बन गर्न नसक्नुनै संस्था समस्याका मुख्य कारण हो, भने यो भन्दा पनि मुख्य कारण चाहिँ संस्था संचलनगर्नेको नियति हो । आर्थिक संकट एवं विभिन्न बाह्य प्रभाव जुनसुकै बेला जहाँ पनि आउन सक्ने कुरा हो । जस्तो सुकै परिस्थितिमा पनि संस्था नियमिति संचालन गरी सदस्यको सेवा दिनु उत्कृष्ट संस्थाको परिचय हो । अहिलेको तरलताको समस्या देशभरीनै रहेको भएता पनि केही सहकारी संस्थाहरुचाहिँ उच्चमारमा परेका हुन ।
समाधान के हुन सक्छ ?
सहकारी संस्थाहरुमा देखीएको समस्याको बिषयमा सहकारी क्षेत्रकै छाता संगठनहरु एवं नियामक निकायहरुले समेत विभिन्न निति निर्देशिकाहरु जारी गरीसकेका छन भने सहकारी बैक लगायतकाहरुले तरलता व्यवस्थापनको लागि केहि हद सम्मको कोष व्यवस्थापनमा लागिनै रहेका छन । कुनै पनि अप्ठ्यारो परिस्थितिलेनै परिवर्तन ल्याउनमा सहयोग गर्छ । अल्पकालिन समस्या समाधानका लागि सबै जना एकजुट भएर लाग्ने कुरा लाई व्यवहारत लागु गर्न सकियो भने केहि हद सम्म तलरता व्यवस्थापनमा सहयोग पुग्न सक्छ तर अब पनि अल्पकालिन समाधान भन्दा पनि दिर्घकालिन व्यवस्थापनका लागि नसोच्ने हो भने फेरी पनि समस्या नआउने चाहिँ होइन । हिजोका दिनमा संस्थाहरुले धेरै भन्दा धेरै बचत संकलन गर्नकालगि भनेर दिर्घकालिन रणनैतिक योजना बिना संचालनमा ल्याएका सेवाकेन्द्रहरु पनि अहिलेको समस्याको कारक हो । धेरै स्थानबाट बचत संकलन गरी सो बचतलाई केन्द्रिकृत लागानिमा जानुले एउटा स्थानमा समस्या आउदाँ सबै तिर प्रभाव परेको देखिन्छ । हिजोका दिनमा धेरै सेवाकेन्द्र खोल्नलाई होडबाजि गर्ने संस्थाहरुले अब तिनै सेवा केन्द्रहरुलाई स्वायत्त बनाई संचालन गर्ने जिम्मा सोहि स्थानका स्थानिय सदस्यहरुलाई दिने हो भने संस्थाहरुको नियमित संचालनमा समस्या नआउन सक्छ । फेरी एकिकरण र कम संस्था बनाउने बहज चलेको बेलामा यो कुरा अलि फरक लाग्न सक्छ तर एकिकरणनै गर्ने हो भने पनि त्यहि वरिपरी पेरीफेरीमा रहेको संस्था एवं स.वाकेन्द्रहरुको एकिकरण गरेर एउटा स्थानमा विश्वसनिय २,३ वटा मात्र सहकारी बनाउने अभियानमा लाग्ने हो भने सहकारी दिगो हुन सक्छ ।
अहिले हेर्ने हो भने कुनै स्थानमा राम्रो संग सदस्य केन्द्रित भएर चलिरहेको स्वायत्त संस्थाको आडमै अर्को व्यावसायीक संस्थाको सेवाकेन्द्र संचालन गरी त्यो व्यवस्थित संस्थामा समेत प्रभाव परेको अवस्थामा नियामक निकाय, सहकारीका छाता संगठन हरुले त्यस्ता संस्थाहरुको पहिचान गरी संस्था एकिकरण गर्ने वा संचालन गर्ने जिम्मा दिने हो भने सदस्यहरुले पनि सुरक्षित महसुस गर्ने थिए भने संस्थाहरुपनि दिगो र दरिलो बन्नलाई टेवा पुग्ने थियो । यदि सदस्यहरुलाई आफ्नो संस्था वित्तिय संतुलनमा चलेको छ र यसको सम्पूर्ण कृयाकलापमा म प्रत्यक्ष सहभागी छु भन्ने किसिमको आभाष दिलाउन सकियो भने सायद संस्थामा समस्या पर्दा सबै सदस्यहरुले सहयोग नगरे पनि कुनै पनि सदस्यहरुले समस्या चाहिँ पार्ने थिएनन कि ।