सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)

सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)

२९ हजारबढी सहकारी सञ्चालनमा, ४ खर्ब ७७ अर्ब ९६ करोड बचत

काठमाडौं । देशभरि २९ हजार भन्दाबढी सहकारीहरु सञ्चालनमा रहेका छन् । सहकारी विभागको तथ्याङक अनुसार अहिले देशभर विभिन्न क्षेत्रसँग सम्बन्धित सञ्चालनमा रहेका सहकारीको संख्या २९ हजार ८८६ रहेका छन । जसबाट ८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारी पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार सञ्चालन रहेका उक्त सहकारीहरुको कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ रहेका छन् । ती सहकारीको कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालनमा रहेको सहकारीहरुको बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सहकारीहरुको कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

सहकारी विभागको मातहतमा रहेका सहकारीको संख्या १२५ रहेको छ । जसबाट ९१३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विभागिय नियमन क्षेत्र भित्र रहेका सहकारीहरुमा कुल सदस्य संख्या १ लाख ३५ हजार ९०८ रहेको छ । उक्त सहकारीको कुल शेयर पुँजी ३२ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । उक्त सहकारीको कुल बचत संकलन ३३ अर्ब ५३ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको छ भने कुल ऋण लगानी २३ अर्ब ७८ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोे छ ।

विभागको तथ्याङक अनुसार कुल जनसंख्याको २१.१८ प्रतिशत माhorny toad clothing yeezy shoes for sale cochecitos jane ecco herrenschuhe braun fahrrad shop fernitz rochie plaja tricotata cu gauri bej věšák na klíče domeček vincha sexy sbelt eiszapfen lichterkette 3m adidas superstar ii femme amazon die beste wasserpistole der welt rochie plaja tricotata cu gauri bej amazon bodenfliesen bunt sac petite mendigote amazon bodenfliesen bunt निसहरु सहकारीमा आवद्ध भएका छन् । जसमा महिला ५६.८५ प्रतिशत र पुरुष ४३.१५ प्रतिशत रहेका छन । देशभरि सञ्चालनमा रहेका सहकारीहरुमध्ये सबैभन्दा बढी सहकारी संघसंस्थाहरु बागमती प्रदेशमा रहेका छन् । कुल सहकारीको ३५ प्रतिशत सहकारी बागमती प्रदेशमा सञ्चालनमा रहेका छन् भने सबैभन्दा कम ७ प्रतिशत सहकारीहरु कर्णाली प्रदेशमा सञ्चालनमा रहेका छन् ।

प्रदेश नम्बर १
सहकारी विभागको तथ्याङक अनुसार हाल प्रदेश नम्बर १ मा ४ हजार ७३७ वटा सहकारीहरु रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा २० हजार ६८५ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ५ लाख २४९ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार रुपैयाँ रहेको छ भने, कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको छ ।

मधेस प्रदेश 
विभागका अनुसार मधेस प्रदेशमा सञ्चालनमा रहेका सहकारीको संख्या ४ हजार १५३ रहेको छ । जसमा कुल सदस्य संख्या ५ लाख ५५ हजार १९७ रहेका छन्, भने १० हजार ८४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मधेस प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीको बचत संकलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कुल लगानी १ ५अर्ब ५करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बागमती प्रदेश 
विभागका अनुसार हाल बागमती प्रदेशमा १० हजार ४१८ सहकारीहरु सञ्चालनमा रहेका छन् । जसमा कुल सदस्य संख्या २७ लाख १७ हजार ४६९ रहेका छन्, भने ३३ हजार ८९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बागमती प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीले बचत संकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार रुपैयाँ गरेका छन । कुल लगानी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार रुपैयाँ रहेको छ ।

गण्डकी प्रदेश 
हाल गण्डकी प्रदेशमा २ हजार ६७१ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा ७ हजार ६३८ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ११ लाख १६ हजार ६३२ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन ४६ अर्ब ७ करोड ४५लाख ७१ हजार रुपैयाँ रहेको छ ।  कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार रुपैयाँ रहेको छ ।

लुम्बिनी प्रदेश 
विभागका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका सहकारीको संख्या ३ हजार ७५५ रहेका छन । जसमा कुल सदस्य संख्या ८ लाख ९८ हजार ६११ रहेका छन् । जसले ६ हजार ९८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । लुम्बिनी प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीको बचत संकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार रुपैयाँ रहेको छ । कुल लगानी ४० अर्ब ८० करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ ।

कर्णाली प्रदेश 
सहकारी विभागको तथ्याङक अनुसार हाल कर्णाली प्रदेशमा १ हजार ९६७ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट ४ हजार ५३४ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीको कुल सदस्य संख्या ४ लाख ४ हजार ९५६ रहेका छन् । त्यस्तै, सहकारीहरुको कुल शेयर पूँजी १९ अर्ब १८ करोड ८० लाख ७३ हजार रुपैयाँ रहेको छ । सहकारीको तथ्याङक अनुसार कुल बचत ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।  कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

सुदुपश्चिम प्रदेश 
सुदुपश्चिम प्रदेशमा २ हजार ६० वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा २ हजार ८१५ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ५ लाख ४२ हजार ९८९ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार रुपैयाँ रहेको विभागको तथ्यांमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nepalbestfinance