काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का नहुँदा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाका पीडितले अझै पैसा पाएका छैनन् । सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष तामाङ र तल्कालिन अध्यक्ष केशवलाल श्रेष्ठको सम्पत्ति रोक्का गर्न नदिएपछि पीडितहरुले पैसा पाउन नसकेका हुन् ।
तामाङ सहित श्रीमती सिर्जना शाक्य र तल्कालिन अध्यक्ष श्रेष्ठ विरुद्ध १५२० बचतकर्ताले ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ ठगी गरेको भन्दै बिगो माग दावी सहित उजुरी दिएका थिए । अध्यक्ष श्रेष्ठ र संस्थाका सल्लाहकार तामाङविरुद्ध सङ्गठित अपराध र ठगीको मुद्दा दायर गर्नुपर्ने माग गर्दै १५२० सदस्यहरुले सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालतमा अभियोग पत्र पेस गरेका छन । तर, अझै पनि बचतकर्ताहरुले पैसा नपाएको सहकारीका एक बचतकर्ताले बताए ।
पीडित एक बचतकर्ताले भने, ‘तामाङ र श्रेष्ठले जेलबाट छुटकारा पाउँ भनि उच्च अदालत पाटनमा उजुरी हालेका छन् । अदालतबाट पेशी आएको छैन । उनीहरुको उद्देश्य जेलबाट निस्के लगत्तै नेपालबाट भाग्ने र पीडितको पैसा नतिर्ने नै रहेकोे छ । उनीहरुको नाममा भएको सम्पत्ति रोक्का गर्न जिल्ला अदालतमा गएका थियौं । वकिलले उनीहरु सम्मिलित नभइ जग्गा रोक्का गर्न मिल्दैन भनेर जग्गा रोक्का गर्न दिएका छैनन् । त्यसैले सम्पत्ति रोक्का गर्न सकेका छैनौ । हामीले मुद्दा जिते पनि उनीहरुको सम्पत्ति रोक्का नगरीकन पैसा पाउन सक्दैनौं ।’
‘हाम्रो उद्देश्य उनीहरुको नाममा रहेको जग्गा, बैंक खाता र शेयर रोक्का गर्ने हो । जग्गा रोक्का गर्न पनि उनीहरुको वकिलले दिएको छैन । हामीले पैसा पाउनका लागि उनीहरुको सम्पत्ति रोक्का गर्नपर्छ । अनि मात्र हामीले मुद्दा जितेपछि पैसा पाउन सक्छौ’, उनले थपे । यसका साथै तामाङ र श्रेष्ठले आफुहरुले पैसा नलिएको भन्दै उच्च अदालत पाटनमा छुटकाराका लागि उजुरी दिइरहेको उनले बताए ।
पीडित बचतकर्ताले भने, ‘उनीहरुले अहिले अदातलतमा हामीहरु यसमा जिम्मेवार छैनौं । पैसा तिर्नुपर्ने पनि हैन । १५०३ जनाले रिसिविको आधारमा हामीलाई फसाएको हो । यति धेरै पैसा खाएको छैन । कम्पनीहरुले लगेको हो । तिरे कम्पनीले तिर्छ । नतिरे हामी तिर्दैनौ भन्ने बयान दिएका छन् ।’hq8716 Italy ab1553 adidas mi box s update minifalda vaquera el corte ingles breuning ringe casquette femme von dutch zwei bauchtaschen Switzerland stetson straw cowboy hats scaffalatura cantilever Italy horny toad clothing mug bedrucken amazon långa jeanskjolar asu football jersey jordan retro 3 amazon bodenfliesen bunt
पीडितका अनुसार तामाङले कम्पनीको पैसा पनि श्रीमती र छोरीको नाममा नामसारी गरेर लगिसकेका छन् । यति मात्र नभएर सहकारीको भवन समेत निजी कम्पनीमा नामसारी गरिसकेको उनले बताए । यसका साथै, तामाङले सिभिल महल, सुनधारा स्थिति सिभिल होटल, १५ सय प्लट घर जग्गाको प्लट बेचेर धितोपत्र बनाउने, बैंकहरुबाट ऋण लिएर बैंकहरुलाई पनि डुबाउने जस्ता काम गरिरहेको पीडितको आरोप छ ।
उनले भने, ‘हामीले जग्गा रोक्का गर्नका लागि पहल गरिरहेका छौ । निवेदन लेखेर दिने ठाउँमा निवेदन दिन्छौ । हामीले गर्न सक्ने अरु केही छैन उसले पैसा खाएको छ । पैसा तिरेर उसले जे पनि गर्न सक्छ । हामीसँग भएको पैसा पनि सबै खाइसक्यो । तै पनि हामी लडिरहेका छौ । सरकारसँग कराइरहेका छौ । सरकारले कुनै राहतको व्याकेज दिन्छ की भन्ने हाम्रो आशा पनि छ । यसका लागि विभिन्न मन्त्रालयहरुमा पनि भनिरहेका छौ ।’
यससँगै सरकार र नियामक निकायहरुले सहि ढंगले सहकारीको अनुगमन नगरेका कारण पनि धेरै बचतकर्ताहरु ठगिने गरेको पीडितको भनाइ छ । पीडित भन्छन्, ‘राष्ट्र बैंक र सहकारी विभागले पनि राम्रोसँग नियमन गरिदिएको भए । उसले बदमासी गर्न पाउने थिएन । सहकारी विभागले नियमन नगरिदिनु पनि मुख्य गल्ती रहेको छ ।’
सरकारले सहकारीलाई आर्थिक विकासको एक खम्बाको रुपमा लिएको छ । जसबाट सरकारले ५ प्रतिशत कर लिन्छ । सरकारले सहकारी सञ्चालनको लाइसेन्स दिने, कर लिने अनि बदमासी गर्नेे सहकारीलाई कारबाही नगरी चुपचाप बस्न नमिल्ने उनको तर्क छ । उनले ठगीएका बचतकर्ताहरुलाई सरकारले राहत दिनुपर्ने माग समते राखे ।
आक्रोशित हुँदै ती बचतकर्ताले भने, ‘सहकारी आर्थिक विकासका लागि खोलेको होकी जनतालाई ठग्न खोलिएको हो ? यदि जनतालाई ठग्नका लागि खोलिएको हो भने सरकारले संविधानमा नै लेखिदिनुपर्यो । सहकारी भनेको जनतालाई ठग्नका लागि बनाएको संस्था हो ? खुशीले पैसा राख्ने भए राख्नुहोस् । तपाईहरुको पैसा डुब्छ ।’