Message From Chairman
विश्व सहकारी इतिहास लाई हेर्ने हो भने अहिले सहकारी क्षेत्रले एक सताब्दिनै पार गरिसकेको छ । यो काल खण्ड्मा सहकारीका माध्यमबाट गाउँ, समुदाय र राष्टनै विकासका लागि अगाडि बढेको प्रसस्थ उदारणहरु देख्न सकिन्छ । सहकारी एउटा विकास माध्यम हो, सामाजिक रुपान्त्ररण एउटा अश्रनै हो । विशेष गरी सहकारीका माध्याम बाट स्वरोजगारी, आय आर्जन तथा सहयोग र सद्भावको भावनालाई विकास गर्न सहिने कुरामा दुईमत छैन । विश्व इतिहासलाई हेर्दा विभिन्न धनि देश हरुमा पनि सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदानको हिस्सा ठुलो देख्न पाइन्छ । सामुहिकताको प्रयासलाई सफल बनाउन समुहमा मिलेर कार्य गर्ने, एक अर्कालाई सहयोग गर्ने, एक अर्काको आवस्यकताहरुलाई सामुहिक रुपमा परिपूर्ति गर्ने कार्यनै सहकारीता हो । नेपालको परिवेशलाई हेर्नै हो भने पनि सहकारी सुरुवातको ६ दशक पुरा भईसकेको अवस्थामा सहकारीले के कति कामहरुगरे त्यो हामि सबैले देखेकोनै कुरा हो । तर वास्तविक सहकारीको मर्म र भावना अनुरुप हामिले पर्याप्त उपलब्धि हासिल गरेका छौं । भनेर भन्न सकिने अवस्था चाहिँ छैन । सहकारी प्रतिको बुझाईमा एकरुपता नहुनु तथा सहकारी संचालन र व्यवस्थापनमा निति, विधि को प्रयोगलाई पूर्ण रुपमा पालना गराउन नसक्नु एउटा कारण हुन सक्छ सहकारी मार्फत अपेक्षित सफलता हासिल गर्न नसक्नुको ।
सहकारीको विषयमा हामिले गर्नुपर्ने र गर्न सकिने धेरै कार्यहरु छन । यसका लागि सहकारी अभियान, सरकार, एवं सरोकारवाला निकाय सबैले आ आफ्नो स्थानबाट काम गर्नु आवस्यक हुन्छ । यहि कुराको अनुभुति र विश्लेषण गर्दै अहिलेको सहकारी अभियानमा देखिएको अभाव र सहकारीले वास्तवमै गर्न सक्ने अन्य धेरै कार्यहरुलाई व्यवस्थित, छिटो छरितो एवं भरपर्दो सेवा सहित उत्कृष्ठ सहकारी बनाउने हेतुका साथ यो मर्यादित बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको हो । सहकारीहरुको भिडमा केहि फरक केहि नयाँ र वास्तविक सहकारीताको अभ्यासका लागि भनेर यो संस्था स्थापना गरि कार्यहरु अगाडि बढाईएकोछ । मानिसहरुको दैनिक उपभोग्य वस्तु तथा नियमित आवस्यक पर्ने कार्य तथा सेवा सहयोगहरुको लागि यो संस्थाले आफ्नो काम गर्ने छ । सदस्यहरुको सम्पूर्ण आवस्यक सेवा तथा बस्तुहरुको परिपूर्ति यसै संस्थाको एउटै छातामुनि मार्फत प्रदान गर्नका लागि आवस्यक पूर्वाधारहरु निर्माण गर्दै सहकारीकै माध्याम बाट विकासका कार्यहरुका लागि खोज अनुसन्धान गर्ने, उत्पादन तथा निर्माण सम्बन्धि आधारहरु तयार पार्ने, सदस्यहरु द्धारा उत्पादित एवं निर्मित बस्तु एवं सेवाहरुको प्रसोधन तथा प्याकेजिगं ब्राण्डिगं गर्ने, बजारीकरणका लागि एउटै बृहत संजालको प्रयोग गरि बजारीकरण गर्ने साथै यि सवै कार्यहरु संचालन तथा व्यवस्थापन गरिरहदा समुदायमा आवस्यक अन्य सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यहरु पनि गर्ने हेतुका साथ यो संस्था अगाडि बढ्ने छ । सबैको साथ सबैको विकास हुन्छ भन्ने मान्यतालाई सिरोपर गर्दै एकका लागि सबै र सबैका लागि एक को धारणलाई व्यवाहारीक प्रयोग गर्नको लागि यो संस्थाले काम गर्ने योजना यो संस्थाको रहेको छ । आउनुहोस सबै मिलेर कार्य गह्रौ सहकारीका माध्याम बाट सामाजिक, आर्थिक एवं सास्कृतिक रुपान्त्ररणका लागि हातेमालो गह्रौं । मर्यादित तरिकाले सहकारी व्यावसाय संचालन गर्नु हाम्रो कर्तव्य हो ।



