सम्पर्क: +977 14983778 (प्रधान कार्यालय)
सम्पर्क: +977-014383778 (प्रधान कार्यालय)
सदस्यहरुको आर्थिक, सामाजिक र व्यावसायिक बिकास गर्न समयानुकुल प्रविधियुक्त वित्तिय तथा गैर बित्तिय सेवाहरु प्रदान गर्ने । सदस्यहरुको शिप, क्षमता, दक्षताको पहिचान, प्रवद्धन गरि स्वरोजगारी श्रृजना गर्ने ।सदस्यहरुको बौद्धिक क्षमतालाई CASH VALUE मा रुपान्त्ररण गरी उत्पादन मुलक कार्य गर्न सहकार्य गर्ने ।
बित्तीय साक्षरता सहितको सम्बृद्द, सुखि एवं खुशी सदस्य भएको मर्यादित सहकारी समाज निर्माण गने ।
विश्व सहकारी इतिहास लाई हेर्ने हो भने अहिले सहकारी क्षेत्रले एक सताब्दिनै पार गरिसकेको छ । यो काल खण्ड्मा सहकारीका माध्यमबाट गाउँ, समुदाय र राष्टनै विकासका लागि अगाडि बढेको प्रसस्थ उदारणहरु देख्न सकिन्छ । सहकारी एउटा विकास माध्यम हो, सामाजिक रुपान्त्ररण एउटा अश्रनै हो । विशेष गरी सहकारीका माध्याम बाट स्वरोजगारी, आय आर्जन तथा सहयोग र सद्भावको भावनालाई विकास गर्न सहिने कुरामा दुईमत छैन । विश्व इतिहासलाई हेर्दा विभिन्न धनि देश हरुमा पनि सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदानको हिस्सा ठुलो देख्न पाइन्छ । सामुहिकताको प्रयासलाई सफल बनाउन समुहमा मिलेर कार्य गर्ने, एक अर्कालाई सहयोग गर्ने, एक अर्काको आवस्यकताहरुलाई सामुहिक रुपमा परिपूर्ति गर्ने कार्यनै सहकारीता हो । नेपालको परिवेशलाई हेर्नै हो भने पनि सहकारी सुरुवातको ६ दशक पुरा भईसकेको अवस्थामा सहकारीले के कति कामहरुगरे त्यो हामि सबैले देखेकोनै कुरा हो । तर वास्तविक सहकारीको मर्म र भावना अनुरुप हामिले पर्याप्त उपलब्धि हासिल गरेका छौं । भनेर भन्न सकिने अवस्था चाहिँ छैन । सहकारी प्रतिको बुझाईमा एकरुपता नहुनु तथा सहकारी संचालन र व्यवस्थापनमा निति, विधि को प्रयोगलाई पूर्ण रुपमा पालना गराउन नसक्नु एउटा कारण हुन सक्छ सहकारी मार्फत अपेक्षित सफलता हासिल गर्न नसक्नुको ।
Copyright. All rights reserved @ Maryadit Multipurpose cooperative Ltd